logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोनालाई जितेर कैलालीका २१ वर्षीय युवा पनि अस्पतालबाट डिस्चार्ज भए


अंकुरण खबर
1.638K
Shares

कैलालीका कोरोना संक्रमितमध्ये २१ वर्षीय युवा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि आइतबार दिउँसो सेती प्रादेशिक अस्पतालले ती युवालाई डिस्चार्ज गरेको हो। शनिबार उनको तेस्रो नमूना संकलन गरिएको थियो। त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएपछि उनलाई डिस्चार्ज गरिएको हो।

मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनी १६ दिन सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारपछि निको भएका हुन्।

कोरोना संक्रमण भएर निको हुने उनी नेपालको चौथो व्यक्ति हुन्। ती युवा डिस्चार्ज भएसँगै अव सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा चार जना संक्रमित उपचाररत छन्।

चीनबाट फर्केपछि संक्रमित भेटिएका नेपालकै पहिलो संक्रमित युवा केही हप्तामै निको भएका थिए। टेकु अस्पतालमा उपचाररत् १९ वर्षीया युवती र धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार गराएकी ६५ वर्षीया महिला निको भएर शनिबार अस्पतालबाट घर फर्किसकेका छन् ।