logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा कोरोना भाइरसबारे गलत समाचार सम्प्रेषण गरेको आरोपमा १ जना पक्राउ


अंकुरण खबर
1.248K
Shares

कोरोना भाइरसबारे अफवाह फैलाउने गरी समाचार सम्प्रेषण गरेको आरोपमा सिरहा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–९ घर भएका ३० वर्षीय सुरेश कुमार कर्ण छन् । कर्णले सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अफवाह फैलाउने किसिमले समाचार सम्प्रेषण गरेका प्रहरीको जनाएको छ ।

पक्राउ परेका कर्ण अहिले इलाका प्रहरी कार्यालय सुखीपुरको हिरासतमा छन् । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।