logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

टेकु अस्पतालमै फर्किए डा. शेरबहादुर पुन


अंकुरण खबर
1.911K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफलका लागि भनी मन्त्रालय बोलाइएका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले सोहि अस्पतालमैं नियमित काम गर्ने भएका छन्।

मन्त्रालयले शुक्रबार अस्पताल प्रशासनलाई पत्र लेखी उनलाई मन्त्रालय पठाउन भनेको थियो। सोहि पत्राचार अनुसार डा. पुन आइतबार मन्त्रालय पुगेका थिए।

त्यहाँ सम्बन्धित अधिकारीहरु सँग छलफलपछि उनले मन्त्रालयमा आवश्यक छलफल भएको र अब आफूले टेकू अस्पतालमै पूर्ववत् रुपमा काम गर्ने बताए।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणबारे भइरहेका काम कारवाही लगायतबारे सञ्चारमाध्यममा नियमितरुपमा आफ्ना लेख, अन्तरवार्ता सार्वजनिक गरिरहेका पुनलाई त्यसबारे मन्त्रालय नेतृत्वले चित्त नबुझाई स्पष्टीकरण सोध्न खोजेको भनी सर्वत्र आलोचना भएको थियो।