logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लंघन गर्न खोजेको भन्दै पर्सामा बाबुद्वारा ७ वर्षीया छोरीको हत्या


अंकुरण खबर
1.248K
Shares

बाबुले लकडाउन उल्लंघन नगर्न सम्झाउँदा नमानेपछि आक्रोशमा आएर घाँटी थिच्दा पर्सामा एक बालिकाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ वर्षीय सञ्जयकुमार साह सोनारले ७ वर्षकी छोरी अंशुकुमारीको घाँटी थिच्दा मृत्यु भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले घोषणा गरेको पहिलो दिन छोरीले घरबाहिर जान भन्दै झगडा गरेपछि साहले छोरीलाई पिटेका थिए । छोरी रोएपछि उनले घाँटी थिचे, तर छोरीको मृत्यु भयो ।

प्रहरीले हत्या आरोपमा सर्राफलाई पक्राउ गरेको छ । घटना २०७६ चैत ११ गतेको भए पनि अनुसन्धानबाट हालै उक्त घटना पत्ता लागेको हो । परिवारले घरको माथिल्लो तलामा झुण्डिरहेको अवस्थामा देखेर पासो काटी अस्पताल लैजाँदा मृत्यु भएको दाबी गरेको थियो ।

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले साहले छोरीको हत्या गरेर आत्महत्याको ‘नाटक’ रचेको बताए । छोरीले आत्महत्या गरेको भन्दै साह आफैंले प्रहरीमा खबर गरेका थिए ।

तर, अनुसन्धानले बालिकाको घाँटी थिचेर हत्या गरेको खुलेको छ । प्रारम्भिक बयानका क्रममा साहले हत्या गरेको स्वीकार गरेका छन् ।