logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषदको बैठक बस्दै


अंकुरण खबर
832
Shares

कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप प्रयासबारे छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले बैठक भर्खर बैठक शुरु भएको बताएका छन् ।

१५ वैशाखसम्म बन्दाबन्दी लम्बिए पछि पैदल घर फर्कनेहरु बीच बाटोमा अलपत्र परेको विषय लिएर सरकारको आलोचना भइरहेको छ । बैठकमा बन्दाबन्दी व्यवस्थित बनाउनेबारे नै छलफल हुने बताइएको छ ।

साथै बैठकमा केही मन्त्रालयगत एजेण्डाहरु पनि प्रस्तुत हुने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिका पदाधिकारीलाई लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन दिएका थिए।