घरायसी विवाद हुँदा धनुषामा छोराले बुवाको हत्या गरेका छन् ।
धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ९ का ५५ वर्षका सौखिया सादालाई उनका आफ्नै छोरा करिब २८ वर्षीय नथुनी सदाले फलामको रडले हानेर हत्या गरेका हुन् ।
उनको टाउकोमा रडले प्रहार गर्दा घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटना गएराती भएको हो । घटनापछि भागेका छोरालाई गएराती नै पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।