logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ऊर्जामन्त्री पुनद्वारा अलपत्र परेका ४ सय मजदूरको उद्धार


अंकुरण खबर
767
Shares

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ले लामो लकडाउनका कारण उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदूरलाई उद्धार गरी ९ वटा बसमा घर पठाएका छन् ।

मन्त्री पुनले सरकारको नीति र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मजदूरहरुको उद्धार गरेका हुन् ।

काभ्रेका विभिन्न स्थानबाट हिंडेर आएका ठूलो संख्याका मजदूरलाई सुरक्षाकर्मीले भक्तपुरको शंखरापुर नगरपालिकामा रोकेको खबर पाएसँगै मन्त्री पुन आफैं त्यहाँ पुगेका थिए । काभ्रेका विभिन्न स्थानबाट पैदल हिंडेर राजधानीबाहिर जान  आएका ३ सय मजदूरलाई सुरक्षाकर्मीले रोकेका थिए ।

मन्त्री पुनले आइतबार साँझ पानी परिरहेका बेला रुझेरै मजदूरहरुलाई बिदाई गरे । लकडाउनले अलपत्र परेकाहरुलाई ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको हो । त्यसरी पठाइएकामा रोल्पा, दाङ र सल्यानका मजदूरहरु छन् ।

काभ्रेबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदूरलाई २ वटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो । लामो लकडाउनका कारण रोजगारी गुमाउनु परेको र छाक टार्न नै समस्या हुने गरेको भन्दै मजदूरहरु हिंडेर घर जान लागेका थिए ।