logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन: दूध नबिकेपछि बुटवलमा ट्याङ्करबाटै निःशुल्क दूध वितरण गर्न थालियो


अंकुरण खबर
1.963K
Shares

लामो लकडाउनका कारण बजारमा माग ह्वात्तै घटेपछि बुटवलमा ट्याङ्करबाटै निःशुल्क दूध वितरण गर्न थालिएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका-१० सालझण्डीमा रहेको साल झण्डी दूग्ध उत्पादक सहकारीले दूध बिक्री नभएपछि सित्तैंमा बाँडेको हो ।

किसानबाट दैनिक संकलन हुने ५ हजार लिटरभन्दा बढी दूध नबिकेपछि सित्तैंमा बाँडिएको सहकारीका अध्यक्ष तिलकराम घिमिरेले जानकारी दिएका छन् ।

बजारमा नबिकेका कारण त्यसै खेर फाल्नुभन्दा बाँडिएको उनले बताए । दैनिकजसो २ हजार लिटर दूध सित्तैंमा बाँड्ने गरिएको उनको भनाई छ ।