logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हुम्लामा कोरोना भाइरस संक्रमणको परीक्षण, १० जनाको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.3K
Shares

भारत र अन्य देशबाट फर्केर आएका हुम्लामा दश जनाको कोरोना भाइरस संक्रमणको परीक्षण नेगेटिभ आएको छ ।

गाउँ गाउँमा सेल्फ क्वारेन्टाईनमा रहेका उनीहरुको आरडिटी किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा दश जनाको आरडिटी किटबाट कोरोना संक्रमणको परीक्षण गर्दा नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सन्तोस धामीले बताए ।

स्वास्थ्य सेवा कार्यालयबाट किटसहितको ल्याबको टोली गाउँपालिकामा पुगेपछि भाइरस संक्रमणको परीक्षण गरिएको हो । भारत, काठमाडौं, नेपालगञ्ज र सुर्खेतबाट गाउँपालिकामा पुगेका अन्य व्यक्तिको पनि परीक्षण हुने धामीले बताए ।

हालसम्म हुम्ला जिल्लामा परीक्षण गरिएका सबै ७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।