logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनका कारण नेपालमा फसेका ११० जना रुसी नागरिक लिएर मस्को उड्यो रोयल फ्लाइट


अंकुरण खबर
1.261K
Shares

काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको वायुसेवा कम्पनी मस्को उडेको छ ।

रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । आज साढे १० बजे काठमाडौं अवतरण गरेको जहाज काठमाडौंबाट १२ः४० मा मस्कोका लागि उडेको हो ।

नेपालले अन्तर्राष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र आन्तरिक रूपमा घोषणा गरेको लकडाउनका कारण नेपालमै फसेका रुसका नागरिक बोकेर उक्त जहाज मस्को उडेको जनाइएको छ ।