कपिलवस्तुमा लकडाउन उल्लंघन गर्ने १४ जनालाई प्रहरीले कारबाही गरेको छ।
प्रहरीका अनुसार लकडाउन उल्लंघन गरेर मस्जिदमा नमाज पढिरहेका १४ जनालाई पक्राउ गरी एक रात हिरासतमा राखिएको हो।
कपिलवस्तुको मायादेवी गाउँपालिका-७, धुपहीस्थित मस्जिदमा नमाज पढिरहेका उनीहरुलाई तौलिहवा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।
आइतबार दिउँसो पक्राउ गरिएको उनीहरुलाई एक रात हिरासतमा राखेर अब यसो नगर्ने सहमतिमा छाडिएको प्रहरीले जनाएको छ ।