logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा रहेका नेपालीलाई आपत परेमा तत्काल खबर गर्न दूतावासको अनुरोध


अंकुरण खबर
1.469K
Shares

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आपत परेमा तत्काल दूतावासमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमले भारतमा लकडाउन भएका कारण धेरै नेपाली अलपत्र परेको समाचार आइरहेपछि दूतावासले यस्तो अनुरोध गरेको हो। समस्यामा परेका नेपालीको उद्धार र सहयोगका लागि सम्पर्कमा आउन भनिएको दूतावासले जनाएको छ।

दूतावासले भारतमा रहेका नेपाली नागरिकलाई समस्या परे +९१८९२९६०१९२५ तथा हरेक दिन (बिदाको दिनमा समेत) बिहान ९ बजेदेखि ५ बजेसम्म चालु रहने नम्बर +९१ ११२३४७६२०० र २३३२७३६१ मा सम्पर्क राख्न अनुरोध गरेको छ।

दूतावासले यसअघि भारत सरकारले लागू गरेको लकडाउन अवधिभर आ-आफ्नो स्थानमा सुरक्षितसाथ बसिदिन भारतमा रहेका नेपालीलाई आग्रह गरेको थियो।