निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मंगलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।
सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यो चार्टर उडानका लागि भारत, बङ्गलादेश, म्यान्मा, थाइल्याण्डलगायत मुलुकसँग ‘ओभरफ्लाई’ को अनुमति लिनुपर्ने आवश्यक प्रक्रिया पूरा भइसकेको छ ।
कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउनका लागि उडान अनुमति पाएको जानकारी दिए । मंगलबार बिहान सिङ्गापुर उडान भरेर श्रीको जहाज भोलि नै काठमाडौँ फर्कनेछ ।