logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा आगलागी: छोराको मृत्यु, बाबुआमा गम्भीर घाइते


अंकुरण खबर
806
Shares

गुल्मीमा सोमबार दिउँसो आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुरका १६ वर्षीय समिर खनाल रहेका छन् । शान्तिपुर बसपार्कस्थित पूर्ण बहादुर खनालको घरमा आगलागी हुँदा समिर खनालको मृत्यु भएको हो ।

आगलागीमा परी पूर्णबहादुर र उनकी श्रीमती रुपा खनाल गम्भीर घाइते भएको जनाइएको छ । समिर पूर्णबहादुरका कान्छा छोरा हुन् । आगलागी हुँदा घर पुर्णरुपमा क्षति भएको जनाइएको छ ।

आगलागी कसरी भयो यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।