logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हिडेरै मन्त्रिपरिषद् बैठकमा सहभागी भए प्रधानमन्त्री ओली


अंकुरण खबर
923
Shares

मृगौंला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक लामो दुरीमा हिँडेका छन्।

सोमबार मन्त्रिपरिषद् बैठकमा सहभागी हुन निवासबाट बैठकहलमा हिँडेरै सहभागी भएका हुन। प्रधानमन्त्रीको निवास र बैठक हलको दुरी झन्डै एक सय मिटर हाराहारी रहेको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा फोटा सेयर गरेका छन् । सोमबारको क्याबिनेट बैठकले पार्टी विभाजन सम्बन्धी महत्वपूर्ण अध्यादेश ल्याउने निर्णय गरेको छ। जसले नेकपाभित्रको अन्तरसंघर्ष उत्कर्षविन्दुमा पुगेको संकेत दिएको छ।

उक्त बैठकपछि पूर्व माओवादीमन्त्रीहरु अहिले प्रचण्डनिवास खुमलटारमा भेला भएका छन्।