logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालय बैठक


अंकुरण खबर
1.534K
Shares

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन्।

ओलीले आज (सोमबार) साँझ साढे पाँच बजे सचिवालय बैठक बोलाएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेलगत्तै ओलीले सचिवालय बैठक बोलाएको नेकपाका एक नेताले बताए।

नेकपाका ती नेताका अनुसार अध्यादेश ल्याउने नयाँ निर्णयसँगै विकसित नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक डाकिएको हो।