logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबुआमासँगै दश वर्षीय नेपाली बालकमा पनि कोरोना


अंकुरण खबर
754
Shares

भारतको बैंग्लोरमा दश वर्षीय नेपाली बालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाबुआमामा देखिएको कोरोना भाइरस उनलाई पनि सरेको हो ।

एक महिनाअघि बालकका ४५ वर्षीय बुवा र ३५ वर्षीया आमामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

बालककी आम एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । उनी काम गर्ने परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएको र उनमा कोरोनाको संक्रमण देखिएको थियो ।

उनीबाटै बालककी आमा र बाबुमा कोरोना संक्रमण फैलिएको हो । उनीहरुलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण र उपचार गरिएको छ ।

बाबु आमामा संक्रमण देखिएपछि १० वर्षीय बालकमा पनि कोरोना सरेको स्वास्थ्य अधिकारीहरुे बताएका छन् ।

हाल बालकको बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ । र अवस्था सामान्य रहेको बालकका बाबुले बताएका छन् । बझाङंको चैनपुर निवासी उनीहरु कामको सिलसिलामा भारतमा बस्दै आएका थिए ।

बैंग्लोरको पछिल्लो घटनासँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने नेपालीहरुको संख्या १६ पुगेको छ ।