logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुम्बईका ५३ पत्रकारमा देखियो कोरोना संक्रमण


अंकुरण खबर
754
Shares

भारतको मुम्बईमा ५३ जना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको छ ।

मुम्बईको सिटी सिभिल अस्पतालले जानकारी दिए अनुसार सोमबार गरिएको परीक्षणमा ५३ जना पत्रकारलाई कोरोना भाइरस पुष्टि भएको हो ।

कोरोना फैलिँदै गएपछि १६ र १७ अप्रिल दुई दिन चलाइएको विशेष परीक्षण अभियानका क्रममा १७१ जना पत्रकारको नमुना लिइएको थियो । त्यो नमुना टेलिभिजन, रेडियो र छापामाध्यममा काम गर्ने सबै पत्रकारको लिइएको थियो ।

१७१ पत्रकारमध्ये ५३ जनामा कोरोना पोजेटिभ देखिएको ब्रिहानमुम्बई नगर परिषदका प्रवक्ता विजय खाबालेले बताए ।

स्वास्थ्यकर्मीले ती पत्रकारसँग भेट भएका अन्य मानिसको खोजी पनि थालिसकेको छ । एजेन्सी