गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कार आरोपमा सोमबार पक्राउ गरिएको हो ।
पक्राउ परेका सिर्मलले १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई जबर्जस्ती बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार वैशाख ३ गते आफ्नै घरमा लगेर सिर्मलले किशोरीलाई बलात्कार गरेको खुल्न आएको छ।
पीडितका बाबुले दिएको उजुरीका आधारमा सिर्मललाई पक्राउ गरिएको हो। उनलाई जबर्जस्ती करणी गरेको मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।