logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुर नगरपालिकास्थित मस्जिद आसपासका थप ८ जनामा कोरोना संक्रमणको आशंका


अंकुरण खबर
988
Shares

उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण आशंका गरिएको छ ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनस् परीक्षणका लागि पठाइएको कोशी अस्पतालका एक चिकित्सकले बताएका छन् ।

कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछि मात्र थाहा हुने जनाइएको छ ।