महोत्तरी जिल्ला अदालतले देवरको हत्या अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ ।
पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउजुले प्रेमीसँग मिलेर देवरको हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि आज कारागार लगेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका २ बस्ने रकिवुल अन्सारीकी पत्नी २८ वर्षीया सगिरा खातुनलाई जिल्ला अदालतले कारागार चलान गरेको हो ।
सगिराले प्रेमीसँग मिलेर गत चैत ९ गते देवर १३ वर्षीय मजिबुको घाँटी थिचेर हत्या गरी शव घर नजीकै रहेको कब्रस्तानमा गाड्न लगिरहेका अवस्थामा स्थानीयवासीले घटनाबारे जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।