logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन एकाएक नखोल्न डब्लूएचओको आग्रह


अंकुरण खबर
767
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागु गरिएको प्रतिबन्ध र लकडाउन एकाएक नखोल्न आग्रह गरेको छ ।

कयौं देशहरूले लकडाउन हटाउने तयारी गर्दै आंशिक रूपमा प्रतिबन्ध हटाइसकेका बेला डब्लूएचओले मंगलबार यस्तो आग्रह गरेको हो ।

हतार र उचित समय अगावै लकडाउन हटाइए कोरोनाको संक्रमणमा वृद्धि हुने पनि डब्लूएचओले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक (पश्चिमी-प्रशान्त) ताकेशी कसाईले भनेका छन्, “कम्तीमा पनि कोरोनाविरुद्धको खोप अथवा उपचार विधि पत्ता नलाग्दासम्म लकडाउन हाम्रा लागि ‘न्यु नर्मल’ हुनुपर्छ । किनकि यसबाट फाइदाका प्रमाणहरू देखिएका छन् ।”

लकडाउन हटाउन चाहने मुलुकले विस्तारै-विस्तारै खुकुलो बनाउने र लगातार रूपमा परिस्थितिलाई गम्भीर भएर ध्यान दिनुपर्ने उनको भनाइ उद्धृत गर्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ ।