logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको कारण बिचल्लीमा परेका ११ भारतीयको उद्दार


अंकुरण खबर
858
Shares

लकडाउनको कारण बिचल्लीमा परेका ११ भारतीयको उद्दार गरिएको छ।

भोजपुर हिँडेका उनीहरु लकडाउनको कारण चैत ८ गतेदेखि इटहरी २० तरहराको जडिबुटी प्रशोधन केन्द्रमा बस्दै आएका थिए।

उनीहरुलाई कोरोनाको र्‍यापिड टेस्ट गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएपछि केहिदिन इटहरीकै क्वारेन्टाइनमा राखिने इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए। उनीहरु चैत्र ८ गते नै सो स्थानमा आएको र लकडाउनका कारण त्यहीँ बस्दै आएको उनको भनाइ छ।

सल्लाको खोटो संकलनका लागि भोजपुरतर्फ हिँडेको तर लकडाउनका कारण सवारी नचल्दा रोकिएर तरहराको जंगलमा बसेको जनाइएको छ ।