logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


अंकुरण खबर
1.716K
Shares

बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।

पीडित बालिकाको दाजुले दिएको उजुरी दर्ता गरी आरोपित यादवलाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

वैशाख ३ गते राति पिसाब फेर्न घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बयान दिए ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।