logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
858
Shares

उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। संक्रमण देखिएका ती व्यक्तिलाई प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका हुन् ।

कोशी अस्पतालमा पोजेटिभ देखिएका ती व्यक्तिको स्वाव टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुन परीक्षण गर्दा पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए । उनका अनुसार नेपालमा अहिलेसम्म ३२ जना कोरोना भाइरस संक्रमित बिरामीहरु रहेका छन्। जसमा ४ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म उदयपुरमा ३२० जनाको स्वाव पीसीआर प्रविधिबाट परीक्षणका लागि स्वाव लिइसकेको भन्दै प्रवक्ता देवकोटाले अरु कसैको पनि अन्तिम परीक्षण रिपोर्ट आइनसकेको बताए ।