logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनाले चीनबाट दुई अर्ब २५ करोडको स्वास्थ्य सामग्री ल्याउँदै


अंकुरण खबर
910
Shares

नेपाली सेनाले चीनबाट दुई अर्ब २५ करोड रूपैयाँको स्वास्थ्य सामग्री ल्याउने भएको छ।

३४२ टन स्वास्थ्य सामग्री एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलरमा खरिद गर्ने सम्झौता भएको हो। जसको आजको विनिमयदर अनुसार २ अर्ब २५ करोड रूपैयाँ हुन्छ।

जीटूजी प्रक्रियाबाट सामान खरिद गर्ने जिम्मा पाएको नेपाली सेनाले चिनियाँ सरकारी कम्पनी चिनियाँ साइनोफाम इन्टरनेसनल कम्पनीसँग खरिद सम्झौता गरिसकेको छ।

स्वास्थ्य सामग्री खरिदका लागि नेपाली सेनाले राष्ट्र बैंकमार्फत् रकम पठाइसकेको छ। स्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।