logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै पटक उदयपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४० पुग्यो


अंकुरण खबर
1.131K
Shares

उदयपुरका संकास्पद ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उनीहरुको नमुना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ । यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

योसँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ ।