logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीका ३४ वर्षीय संक्रमित युवा पनि निको भएर घर फर्के


अंकुरण खबर
637
Shares

कोरोना भाइरस (कोभिड-१९) का पाँचौ संक्रमित युवा पनि निको भएर घर फर्केका छन्।

युएईबाट चैत ६ गते आएका कैलालीको धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय युवा मंगलबार निको भएर घर फर्केको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले ती युवा निको भएपछि डिस्चार्ज भएको जानकारी दिए।

यसअघि सोही अस्पतालमा उपचाररत एक युवा आइतबार डिस्चार्ज भएका थिए। यससँगै नेपालमा उपचारपछि निको हुने संक्रमितको संख्या ५ पुगेको छ ।