logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख ५६ हजार बढी संक्रमित


अंकुरण खबर
1.014K
Shares

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विश्वभर २५ लाख ५६ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजार व्यक्ति उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२, बेलायतमा १७ हजार ३३७ तथा जर्मनीमा ५ हजार ३३ को ज्यान गइसकेको छ । इरानमा ५२९७, बेल्जियम ५९९८, नेदरल्याड्स ३९१६ मा जनाको मृत्यु भएको छ ।