आज बुधबार पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२३ रुपैयाँ २४ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ८७ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ५२ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ १ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ७४ पैसा छ।
