प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संविधानको मुल मर्म विपरीत राजनीतिक दल विभाजन र संवैधानिक परिषद अध्यादेश ल्याएपछि त्यस विषयमा छलफल गर्न सर्वदलीय बैठक डोकेको छ।
बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा डाकिएको बैठकमा सत्तारुढ नेपकपाबाहेका सबै दललाई बोलाइएको छ।
सरकारले एकपछि अर्को गरी संविधान र विधिविधान मिच्ने काम गरेकाले त्यसमा साँझा धारणा बनाउन सर्वदलीय बैठक डाकिएको सभापति शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।