टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन्।
युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई घर पठाउने तयारी गरेको हो।
ती युवालाई आज डिस्चार्जको तयारी रहेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताएका छन् ।
नेपालमा हालसम्म ४२ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।