logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेनाले भारतबाट साढे २ करोडको आवश्यक औषधि ल्याउँदै  


अंकुरण खबर
910
Shares

नेपाली सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने भएको छ ।

कोरोना (कोभिड–१९) भाइरसको उपचारका लागि आवश्यक औषधि खरिदका लागि १ करोड ५० लाख भारतीय रुपैयाँ (नेपाली २ करोड ४० लाख बढी) भुक्तानी दिन लागेको हो ।

रकम भुक्तानीका लागि नेपाली सेनाको जंगीअड्डाले बुधबार रक्षा मन्त्रालयलाई पत्राचार गर्दैछ । रक्षामार्फत भारतलाई रकम भुक्तानी गर्न परराष्ट्र मन्त्रालयमा पत्राचार हुने जंगीअड्डा स्रोतले बतायो ।

रकम जम्मा गरेपछि भारतले दिल्लीस्थित नेपाली दूतावासमा ५३ प्रकारका औषधि जम्मा गर्नेछ । त्यसपछि नेपालले आवश्यक औषधि ल्याउनेछ ।

सेनाले आइतबार चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता गरिसकेको छ ।