logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामेछापमा मजदुर बोकेको बस दुर्घटना


अंकुरण खबर
884
Shares

काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बस आज बिहान रामेछापमा दुर्घटना भएको छ ।

मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस मन्थली नगरपालिका–६ मा दुर्घटना हुँदा झण्डै १ दर्जन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार बसमा ३९ जना सवार रहेको बताइएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।