logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना नियन्त्रण : लकडाउन लम्ब्याउने सरकारको तयारी


अंकुरण खबर
1.313K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तत्काल नखुल्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा नआएसम्म लकडाउन लम्बिन सक्ने बताएका हुन्।

छिमेकी मुलुक भारतमा कोरोनाको घटना बढ्दै गइरहेको बेला सिमा नाका समेत तत्काल नखुल्ने प्रधानमन्त्रीको भनाई छ। तत्काल लकडाउन नखुले पनि प्रधानमन्त्रीले लकडाउन खुकुलो पार्ने संकेत भने गरेको सहभागी सांसदहरुले बताएका छन्।

लकडाउनका बेला कसैलाई अत्यावश्यक कामले उपत्यका बाहिर जानुपर्ने भए प्रशासनलाई सूचना गरे सहयोग मिल्ने प्रधानमन्त्रीले छलफलमा बताएको जनाइएको छ ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगत रुपमा छलफल शुरु गरेका हुन। प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा आज बिहान सुदूरपश्चिम प्रदेशका सांसद्हरु सहभागी भएका थिए ।