logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४१ वर्षीय पुरुषले पनि जिते कोरोना, नेपालमा ७ जना निको भएर घर फर्किए


अंकुरण खबर
1.417K
Shares

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय संक्रमित युवकलाई निको भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ।

हाल धनगढी उपमहानगरपालिका-५ की ३४ वर्षीय महिला र लम्कीचुहा नगरपालिका-१ की ६५ वर्षीय महिलाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।