logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा अलपत्र परेका रुकुम पूर्व र रोल्पाका ५६ जनालाई घर पठाइयो


अंकुरण खबर
1.742K
Shares

सरकारले जारी गरेको लकडाउनका कारण दाङमा अलपत्र परेका रुकुम पूर्व र रोल्पाका व्यक्तिहरुलाई उद्धार गरेर घर पठाइएको छ ।

आज घोराही उपमहानगरपालिका र विपद् व्यवस्थापन समितिको सहयोगमा ५६ जनालाई घर पठाइएको हो । लकडाउनका कारण दैनिकी चलाउन मुस्किल बनेका हरुलाई उद्धार गरिएको हो ।

लकडाउनका कारण समस्यामा परेका सबै व्यक्तिहरुलाई घर पठाउन पहल गरेको विपद् व्यवस्थापन समितिका संयोजक  अनिलराज सेर्पालीले जानकारी दिए ।