logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अनुदानको स्वास्थ्य सामग्री लिन श्री एयरको विमान सिंगापुर प्रस्थान 


अंकुरण खबर
923
Shares

निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सको एक विमान स्वास्थ्य सामग्री लिन सिंगापुर उडेको छ।

श्री एयरलाइन्सको ७० सिट क्षमताको (एन एएमबी सीआरजे ७०) विमानले बिहीबार बिहान ७ः५० बजे सिंगापुर कार्गो उडान गरेको हो । टेमाटेक फाउन्डेसनले नेपालको लागि अनुदानमा उपलब्ध गराएको स्वास्थ्य सामग्री लिन विमान गएको श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए।

निजी क्षेत्रबाट यो स्वास्थ्य सामग्री ल्याउन श्री एयरलाइन्स तथा व्यवसायीद्वय पशुपति मुरारका र शेखर गोल्छाले विमान भाडा व्यहोर्ने तय भएको पनि उनले बताए। स्वास्थ्य सामग्री ल्याउने समन्वय भने रन्जित आचार्यले गरेका हुन्।

यो विमान करीब साढे चार घण्टामा सिंगापुर पुग्ने र ५ सय किलो स्वास्थ्य सामग्री लिएर आजै बेलुकी काठमाडौं फर्कनेछ।