logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यादेश फिर्ता लिन तयार भए प्रधानमन्त्री ओली


अंकुरण खबर
1.859K
Shares

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ट नेता माधव कुमार नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच जारी अध्यादेशबारे छलफल भएको छ।

बिहान बालुवाटारमा दुबै नेतासँगको छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन्। दुबै नेता सँगको छलफलपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले आजै अध्यादेश फिर्ता लिने र राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने सम्भावना छ।

मधेस केन्द्रित पार्टीहरुलाई फुटाएर संसदमा आफ्नो सरकारको पक्षमा दुई तिहाई समर्थन बनाउने आशयका साथ ल्याइएको अध्यादेश प्रत्युत्पादक सावित भएपछि प्रधानमन्त्री केपी ओली त्यसलाई फिर्ता लिने निष्कर्षमा पुगेका हुन ।

समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएपछि प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशको औचित्य नभएकोले उनी ब्याक भएको पनि चर्चा चल्न थालेको छ।

राजपा र समाजवादी पार्टीबीच हिजो मध्यरातमा एकता घोषणा भएको थियो। उनीहरुले जनता समाजवादी पार्टी, नेपाल नामको पार्टी निर्वाचन आयोगमा दर्ता गर्न निवदेनसमेत दिईसकेका छन्।