logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सुरेन्द्रलाई उनकै सहमतिमा काठमाडौं ल्याइएको हो, अपहरण गरेको होइन : खनाल


अंकुरण खबर
1.56K
Shares

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण नगरेको दाबी गरेका छन् ।

खनालले आफू यादवलाई लिन काठमाडौंबाट जनकपुर गएको र बुधबार राति सँगै फर्किएको भने स्वीकार गरे । खनालले आफू, नेकपा नेता महेश बस्नेत र सांसद किसान श्रेष्ठ यादवलाई लिन गाडी लिएर काठमाडौंबाट जनकपुर गएको बताए ।

‘हामी उहाँलाई लिन गएका हौं’, खनालले भने, ‘उहाँकै घरमा खाना खाएर राति हामी काठमाडौं आएका हौं । तर, अपहरण गरेका होइनौ।’

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले अपहरणमा खनाल सहभागी भएको आरोप लगाएका थिए ।

यादव बिहीबार बिहानै उनलाई राखिएको नागपोखरीस्थित होटलबाट समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् ।