logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीयले सीमामा खटिएका सशस्त्र प्रहरीमाथि गरे आक्रमण


अंकुरण खबर
845
Shares

सीमामा हुने आवातजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि भारतीयहरूले आक्रमण गरेका छन्।

लकडाउनकै क्रममा पनि भारतबाट छुुकिछिपी आउने क्रम नरोकिएपछि सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको हो।

धनगढी उपमहानगरपालिका–२ मन्दिरघाटमा खटिएका सशस्त्र प्रहरीमाथि मंगलबार सीमावर्ती भारतीय गाउँ वनगाउँका थारु समुदायका व्यक्तिहरुले आक्रमण भएको जनाइएको छ ।

आक्रमणबाट एक जना सशस्त्र प्रहरीको आँखामा चोट लागेको छ। आँखामा चोट लागेका ती सशस्त्र प्रहरी गेटा आँखा अस्पतालमा उपचारपछि घर फर्किएका छन्। सशस्त्र प्रहरीमाथि आक्रमणको कारण भने खुलेको छैन।