कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४२२ पुगेको छ । एकैदिन ६ हजार ३५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या भने २७ लाख १५ हजार ६१४ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ७ लाख ४५ हजार ४५ जना उपचारपछि निको भएका छन् ।
यो भाइरसका कारण अमेरिकामा सबै भन्दा बढी मृत्यु भएको छ भने संक्रमितको संख्या पनि धेरै छ । अमेरिकामा हालसम्म मृत्यु हुनेको संख्या ४९ हजार ७६९ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ७९ हजार ४३० पुगेको छ ।
त्यस्तै इटालीमा एकैदिन ४६४ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ पुगेको छ । अहिलेसम्म इटालीमा १ लाख ८९ हजार ९७३ जना संक्रमित छन् ।
स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार १५७ पुगेको छ भने, २ लाख १३ हजार २४ संक्रमित छन् ।
त्यस्तै बेलायतमा मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ भने, संक्रमितको संख्या १ लाख ३८ हजार ७८ पुगको छ ।
त्यस्तै फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या १२ हजार ८५६ पुगेको छ । अहिलेसम्म १ लाख ५३ हजार १२९ मा संक्रमण देखिएको छ ।