logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनासंग लडन् अमेरिकी संसद‌द्वारा ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन


अंकुरण खबर
676
Shares

कोरोनाभाइरसबाट सबै भन्दा बढी मारमा परेको अमेरिकाले राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ। संकटको सामना गरिररहेको अमेरिकाले संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको हो।

यो विधेयक चाँडै हस्ताक्षर गरि कार्यान्वयनमा ल्याउने राष्ट्रपति डोनल्ड ट्रम्पले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै कोरोनाको संक्रमित धेरै रहेका अस्पतालहरूलाई राहत स्वरूप थप ऋण उपलब्ध गराउने भएको छ। हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्याकेजसम्बन्धी विधेयकको पक्षमा ३८८ सदस्यले भोट हालेका थिए भने पाँच जना विपक्षमा उभिएका थिए ।

यो सँगै अमेरिकामा सङ्घीय सरकारले कोरोनासंग लड्ने क्रममा करिब ३० खर्ब डलर खर्च भएको जनाएको छ ।

अमेरिकामा बेरोजगार भएको दाबी गर्दै २ करोड ६४ लाखले आवेदन दिएका छन् । प्रति वर्ष ७५,००० अमेरिकी डलर भन्दा कम कमाउनेहरूलाई १२०० अमेरिकी डलर दिने र प्रति बच्चा ५०० अमेरिकी डलर दिने व्यवस्था गरिएको छ ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकामा देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याइसकिएको छ र बेरोजगारी बापत पाइने सुविधाका लागि आवश्यक पर्ने योग्यताको विस्तारका साथै उनीहरूलाई दिइने रकमको दायरा पनि बढाइएको छ।