नेपाल राष्ट्र बैंकले आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०२ पैसा तोकेको छ ।
यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ९० पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ७३ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५१ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०६पैसा र बिक्रीदर ३३ रुपैयाँ २२ पैसा रहेको छ ।