logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नालामा डुबेर तीन बालककोे मृत्यु


अंकुरण खबर
2.301K
Shares

बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएका हुन् ।

मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।