logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

बेलयातमा कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण सुरु


अंकुरण खबर
1.547K
Shares

विश्वव्यापी त्रास सृजना गरेको कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोपको मानिसमा परीक्षण सुरु गरिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिनामा निर्माण गरेको खोपको मानवीय परीक्षण सुरु गरिएको डेलीमेलले जनाएको छ ।

खोपको परीक्षणका लागि राजी भएका दुईजना मानिसलाई खोपको मात्रा प्रदान गरिएको छ । खोपको परीक्षणका लागि आठ सयभन्दा बढी मानिस तयार भएका छन् ।

खोपको परीक्षणका लागि तयार भएका आधालाई कोरोनाभाइरसविरुद्धको खोप र बाँकीलाई मेनेनजाइटिसविरुद्धको खोप दिइने बताइएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले यसअघि अर्को प्रकारको कोरोना भाइरस मर्स्विरुद्धको खोप बनाएको थियो ।