logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

साउदीबाट आएका भोजपुरका कोरोना संक्रमितलाई विराटनगर पठाइने


अंकुरण खबर
2.301K
Shares

कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएका भोजपुरको हतुवागढी गाउँपालिका-६ होम्ताङका २६ वर्षीय युवकलाई उपचारका लागि विराटनगर पठाइने भएको छ ।

फागुन ३० मा साउदी अरबबाट फर्किएका उनलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि भएको थियो । लगत्तै उनलाई घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएको छ ।

थप उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाइने निर्णय भएको जिल्ला जनस्वास्थ्य प्रमुख फणिन्द्र कार्कीले जानकारी दिए ।