logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सरकारले लियो दुबै अध्यादेश फिर्ता


अंकुरण खबर
910
Shares

सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएको छ ।

अध्यादेशको चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त अध्यादेश फिर्ता लिएको हो ।

सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सरकारले राष्ट्रपतिलाई पत्र पठाउनुपर्नेछ ।

गत सोमाबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।

अध्यादेशका विषयलाई लिएर सत्तारुढ दलभित्रै अध्यादेश फिर्ता लिन दवाव बढेको थियो ।