logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए देउवालाई


अंकुरण खबर
767
Shares

मन्त्रिपरिषद्‌मार्फत विवादास्पद अध्यादेशबाट पछि हटेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा बोलाएका छन्।

संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलको नेताको भूमिका खोसेपछि प्रधानमन्त्रीसँग देउवालगायत विपक्षी नेताहरु रुष्ट छन्। यद्यपि प्रधानमन्त्रीले आफ्नै कदमबाट पछि हट्दै अध्यादेश फिर्ताको सिफारिस गरिसकेका छन्।

राजनीतिक दलको विभाजन र संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशका कारण प्रधानमन्त्री ओली आफ्नै दलभित्र र विपक्षीमाझ आलोचित बनेका छन्। बालुवाटारको भेट अध्यादेशकै सन्दर्भमा केन्द्रित हुने बुझिएको छ।