राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित २ अध्यादेश खारेज गरेकी छन्।
मन्त्रिपरिषदको सिफारिसमा दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश खारेज गरेकी हुन। शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी हुन्।
सोमबार जारी भएका अध्यादेशको चौतर्फी आलोचना भएपछि सरकारले अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।
